Logo

रोजगार

पाँच शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस



काठमाडौं- पाँच जना शाखा अधिकृत रात्रपत्रांकित द्वितीय श्रेणी उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन्। बढुवा सिफारिस समितिले बैठकले नेपाल लेखापरीक्षण सेवाका चार जना शाखा अधिकृतलाई कार्यक्षमताको आधारमा उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो।

शाखा अधिकृतबाट उपसचिव बढुवा हुनेमा डुलहरि दाहाल, संगीता फुयाल, पिंकीकुमारी दास र मञ्जु पन्थी रहेका छन्। चार जना उपसचिवमा बढुवाका लागि १६ जनाले उम्मेदवारी दिएकोमा १३ जना सम्भाव्य उम्मेदवार कायम भएका थिए।

यस्तै नेपाल इञ्जिनियरिङ सेवा सिभिल इन्जिनियरिङ समूहको जनरल उपसमूहतर्फका एक जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन्। बढुवा सिफारिस हुनेमा वीरबहादुर रावल रहेका छन्। रिक्त रहेको एक पदका लागि सात जनाले उम्मेदवारी दिएकोमा ६ जना सम्भाव्य उम्मेदवार कायम भएका थिए।

 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार ११:४१   :  बजे

318
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।