Logo

राजनीति

व्यक्ति परिवर्तनले संकटको समाधान गर्दैन : कमल थापा



काठमाण्डौ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केपी ओलीको ठाउँमा प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा ल्याएर अथवा नेकपाको ठाउँमा नेपाली कांग्रेस वा अन्य कुनै दललाई स्थापित गरेर देशले संकटबाट समाधान गर्दैन भनि टिप्पणी गर्नु भएको छ । अध्यक्ष थापाले भनेको छन् ।
 
परराष्ट्र नीति संचालनमा असन्तुलन देखिएको छ, नेकपा नेतृत्वको सरकारसँग भारत संवादहीन अवस्थामा पुगेको छ भने सरकार माथि अर्को छीमेकी चिनको भरोसा पनि धर्मराएको छ, भ्रष्टाचारदेखि राज्यसत्ता कब्जा गर्ने कार्यमा सत्तारुढ र प्रमुख प्रतिपक्ष दल दुवैले साझेदारी र भागवण्डा कायम गरेका छन् भनि आलोचना गर्नु भएको छ । 
 
समस्याको चक्रव्युहबाट देशलाई मुक्त तुल्याउन मार्गचित्र र अवधारणामा सुधार नगरेसम्म ’कस्मेटिक’परिवर्तनको कुनै अर्थ रहँदैन । नेपाली जनताले मुलुकको राजनीतिक मार्गचित्र र गन्तव्यका वारे पुनर्विचारगर्नु जरुरी भएको छ । धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको विकल्प खोज्ने वा उल्लेखित मान्यता वारे जनताको प्रत्यक्ष अभिमत बुझ्न जनमत संग्रह गर्ने वारे अब राष्ट्रिय बहस प्रारम्भ गरिनुपर्छ भन्ने अध्यक्ष थापाको भनाई छ ।
IMG_20201103_105831.jpg
IMG_20201103_105844.jpg
IMG_20201103_105858.jpg
 
 

प्रकाशित मिति : कार्तिक १८, २०७७ मंगलबार  १२ : ५५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।