Logo

प्रमुख समाचार

आज तराईमा हुस्सु लाग्ने, कस्तो रहला अन्य स्थानको मौसम?



काठमाडौं- देशका केही भूभागमा आज हिमपातको सम्भावना छ। पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना नरहे पनि उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

विभागका अनुसार दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

विभागले राति कोसी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार ०६:३४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।