लखनऊ- उत्तर प्रदेशको महोबास्थित परीक्षा केन्द्रमा एउटा अनौठो दृश्य देखिएको छ।
यहाँ एक दुलहा, विवाहको जुलुसमा जाँदै गर्दा यूपी कन्स्टेबल भर्ती परीक्षामा उपस्थित हुनबाट रोकिए। दुलही लिन हिडेका दुलाहा जब परिक्षा केन्द्रभित्र प्रवेश गरे, जन्ती भने बाहिर उनलाइ कुरेर बसेका थिए।
दुलहा प्रशान्त यादवको परीक्षा केन्द्रमा प्रवेश एकदमै फरक देखिएका किनभने उनी टाउकोमा सेहरा लगाएर परीक्षा केन्द्र पुगेका थिए।
महोबास्थित माँ चन्द्रिका महिला विद्यालयमा परीक्षा दिन आएका प्रशान्त यादवको समर्पणको सबैले प्रशंसा गरेका छन्। परीक्षा केन्द्रमा उपस्थित प्रहरी अधिकारीहरूले उनको साहसको प्रशंसा गर्दै उनीसँग फोटोसमेत खिचेको भारतीय सञ्चारमाध्यमले जनाएका छन।
प्रशान्त यादवको बिहेको जुलुस उत्तर प्रदेशको मुधारीबाट बांदा जाँदै गर्दा बाटोमा महोबामा परीक्षा केन्द्र थियो। त्यसैले विवाह समारोहमा जानु अघि उनले परीक्षा दिने निर्णय गरे र परिक्षा हल भित्र पसे।
आफ्नो निर्णयबारे कुरा गर्दै प्रशान्तले देशको सेवा गर्ने इच्छा व्यक्त गर्दै अवसरसँग कहिल्यै सम्झौता नगर्न आग्रह गरे। साथै, यस्तो अवस्थामा उत्सवको साटो परीक्षालाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएको सुनाए।
प्रशान्तले आफ्नो दाम्पत्य जीवन सुखमय रहोस् भनेर अहिले आफ्नो करियरलाई प्राथमिकता दिएको बताए।





















प्रतिक्रिया