Logo

प्रमुख समाचार

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु



काठमाडौं ।वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा कर्फ्यु आदेश जारी गरेको छ । बेलुका ५ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले सूचनामार्फत जानकारी दिएको छ ।

पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको हो ।

रौतहटको ईशनाथ नगरपालिकाको मोतिपूरमा भएको विवादलाई लिएर वीरगञ्जमा आज सोमबार प्रदर्शन भएको थियो ।

वीरगञ्जमा भएको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति आएकाले कर्फ्यू आदेश जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार १७:१६   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।