Logo

समाचार

चितवनमा ८ कक्षामा अध्ययनरत छात्राले झुण्डिएर गरिन् आत्महत्या



चितवन- रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा एक छात्राले आत्महत्या गरेकी छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कक्षा आठमा अध्ययनरत १४ वर्षीय सालिन पोख्रेलले आत्महत्या गरेकी हुन्।

शनिबार बिहान अन्दाजी १० बजेर २० मिनेटको समयमा होस्टल कोठामा रहेको सिलिङ पंखामा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डीएर आत्महत्या गरेको प्रहरी कार्यालयका डिएसपी एवम् प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए।

रत्ननगर–१५ माधवपुर घर भएकी उनी सोही विद्यालयको होस्टलमा बसेर अध्ययन गर्दै आइरहेको प्रहरीले जनाएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : फाल्गुन १२, २०८० शनिबार  ८ : १७ बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।