Logo

प्रमुख समाचार

सुर्खेतमा तरुणदल नेतामाथि गोली चलाउने चार जना प्रहरी नियन्त्रणमा



सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरमा गएराति गोली चलाउने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूको परिचय गोप्य राखेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त विषयमा अनुसन्धान भइरहेको बताएका छन्। शनिबार बेलुका वीरेन्द्रनगर नगरपालिका–१, देउतिथान नजिक स्थानीय विनोद गिरीलाई लक्षित गरेर गोली प्रहार भएको प्रहरीले जनाएको छ। सु्र्खेतका प्रहरी प्रमुख रुपेश खड्काका अनुसार गिरी सवार गाडिमा गोली लागेकाले उनको ज्यान जोगिएको छ।

गिरी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला सदस्य समेत हुन्। फागुन १३ गतेदेखि वीरेन्द्रनगरका सञ्चालन हुने महोत्सवको विषयमा रहेर विवाद सिर्जना भएको आशंका गरिएको छ।

सुर्खेत उद्योग वाणिज्य संघको आयोजनाका हुन लागेको उक्त महोत्सवको ठेक्काको विषयलाई लिएर दुई समूहबीच विवाद भएको प्रहरी अनुसन्धानले देखाएको छ।

पक्राउ गरिएकामध्ये केही भारतीय सुटर पनि रहेको बताइएको छ। प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल, गोलीको खोका र एउटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : फाल्गुन १३, २०८० आईतबार  ११ : २२ बजे

426
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।