Logo

समाचार

फुटबलर मनीष डाँगीको घरमा चोरी गर्ने पक्राउ



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका मनिष डाँगीको घरमा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका घर भएका अनुप तामाङ र रविन तामाङ तथा ललितपुरको गोदावारी नगरपालिका घर भएका राजन श्रेष्ठ रहेका छन् ।

डाँगीको ललितपुरको इमाडोलस्थित घरमा गत फागुन ६ गते चोरी भएको थियो । घरबाट ४५ लाख रुपैयाँ बराबरको धनमान चोरी भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार यसबारे अनुसन्धान गर्दै जाँदा अनुप र रविन चोरीमा संलग्न भएको र राजनले उनीहरूलाई सेल्टर दिएको खुलासा भएको थियो ।

प्रकाशित मिति : फाल्गुन १३, २०८० आईतबार  २ : ४७ बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।