काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृ एवं पूर्व सांसद शान्ता चौधरीसँग ४ हजार रुपैयाँ बराबरको टिमुर र लसुनको अचार खरिद गरेका छन् । आइतबार ओली निवास बालकोटमा चौधरी अचार लिएर पुगेकी थिइन् ।
ओलीले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत शान्ता चौधरीसँग अचार खरिद गरेको फोटो सहितको जानकारी सार्वजनिक गरेका छन् ।
उनले लेखेका छन्–‘शान्ता चौधरीले शान्ताको अचार उद्योग खोल्नु भएको रहेछ । उद्योगबाट २२ किसिमका अचार उत्पादन भइरहेका रहेछन् । मलाई मन पर्ने टिमुर र लसुनको अचार मैले किनेँ । शान्ता चौधरी पूर्व सांसद पनि हुनुहुन्छ र राजनीतिमा सक्रिय हुनुहुन्छ । आत्मनिर्भर बन्ने प्रयासको लागि उहाँलाई शुभकामना । शान्ताजीलाई बधाई ।’






















प्रतिक्रिया