Logo

समाचार

शिशु चोरी प्रकरण : घटनामा असंलग्न देखिएपछि मनकुमारीका पति र दिदी रिहा



काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरिएको घटनामा पक्राउ परेकी महिला मनकुमारी सिंहका पति र दिदी हिरासतमुक्त भएका छन् । दैलेख घर भएकी २४ वर्षीया मनकुमारीबाहेक उनका पति र दिदी छुटेका हुन् ।

शिशु चोरिएको घटनामा उनीहरुको संलग्नता नदेखिएकाले दुई जनालाई छाडिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए । पक्राउ परेकी महिलाको अहिले केएमसी अस्पताल, सिनामंगलमा उपचार भइरहेको छ ।

२४ वर्षीया मनकुमारीविरुद्ध प्रहरीले प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरेर थप अनुसन्धान थालेको छ । शारदा चाहिँ आरोपी मनकुमारीकी दिदी हुन् । उनीहरू कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारी स्थित एउटै घरमा बस्छन् ।

शुक्रबार मध्याह्न १२ बजेतिर काभ्रेकी एक जना महिलाको २६ दिनको शिशु हराएको थियो । लगत्तै जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले क्लोज सर्किट (सीसी) क्यामरा फुटेज संकलन गरेर अनुसन्धान थालेको थियो ।

शुक्रबार राति १२ बजे प्रहरीले सिंहलाई काँडाघारीमा फेला पारेको थियो भने शिशुको पनि उद्दार गरेको थियो । उनले श्रीमानसँग पनि झुटो बोलेको पाइएको छ ।

 

प्रकाशित मिति : फाल्गुन १३, २०८० आईतबार  ४ : ४७ बजे

240
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।