Logo

प्रमुख समाचार

विपक्षीको अवरोधपछि प्रनिधिसभा बैठक स्थगित



काठमाडौं । विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले सरकारको विरोध तथा विवादित मन्त्रीहरुको राजीनामा माग्दै बैठक अवरोध गरेका थिए ।

सभामुखले आजको संसदको कार्यसुची महत्वपुर्ण भएको भन्दै सांसदहरुलाई पटक पटक बस्न आग्रह गरेपनि उनीहरुले सभामुखको आग्रह नसुनेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए ।

प्रकाशित मिति : फाल्गुन १४, २०८० सोमबार  ११ : ४२ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।