Logo

समाचार

एआइजीसहित ११ जना डीआइजी अर्लि रिटायरको सूचीमा



काठमाडौं । नेपाल प्रहरीमा ४ प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)सहित ११ जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)को अर्लि रिटायरको सूचीमा देखिएका छन् । प्रहरीको किताबखाना स्रोतका अनुसार ४ एआइजी र ११ डीआइजीहरु अर्लि रिटायरको सूचीमा देखिन्छन् ।

उमेर र ३० वर्षे सेवाहदको कारण उनीहरु सो सूचीमा परेका हुन् । जसमा एआइजी सन्दिप भण्डारी, मिरा चौधरी, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेका छन् ।

यस्तै डीआइजीहरुमा भने विकासराज खनाल, सुरेन्द्र प्रसाद मैनाली, उमेशराज जोशी, पोषराज पोख्रेल, विष्णु कुमार केसी, यज्ञ विनोद पोखरेल, राजेन्द्रनाथ बास्तोला, किरण राणा, रामदत्त जोशी र भरतबहादुर बोहरा रहेका छन् ।

यी सबै २०८१ मा अवकाशमा जाने बताइएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार १३:४१   :  बजे

249
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।