Logo

प्रमुख समाचार

शर्मिला वाइबालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं । आफूलाई अभियन्ता बताउँदै व्यक्तिगत विषयहरुमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने शर्मिला वाइबालाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

जिल्ला अदालत, काठमाडौंले कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि वाइबालाई हिरासतमा राख्न अनुमति दिएको हो ।

शर्मिलासहितको समूहले कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडा ‘म्याकुरी’ले जाहेरी दिएपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेर प्रहरीले ल्याएको थियो । घरायसी विवादमा उनले युट्युबर समेत लिएर व्यक्तिगत गोपनियतामा प्रवेश गरेको र कुटपिट समेत गरेको भन्दै खतिवडाले जाहेरी दिएका थिए ।

प्रकाशित मिति : फाल्गुन १७, २०८० बिहीबार  ४ : ४२ बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।