Logo

समाचार

संसद् भवन छिर्ने लघुवित्तका ऋणीहरू हाजिर जमानीमा छोडियो



काठमाडौं- संघीय संसद् भवन परिसरमा प्रवेश गरेको आरोपमा पक्राउ परेका लघुवित्तका ऋणीहरू रिहा भएका छन्।

बिहीबार जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई हाजिर जमानीमा रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले जानकारी दिए।

फागुन १४ गते सोमबार संसद् भवन परिसरमा प्रवेश गरेर नाराबाजी गरेको आरोपमा प्रहरीले ४९ जनालाई नियन्त्रणमा लिएको थियो।

 

प्रकाशित मिति : फाल्गुन १७, २०८० बिहीबार  ७ : १५ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।