राष्ट्रपति विद्यादेवी भण्डारीले सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमको भेट भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र उपाध्यक्ष वामदेव गौतमबीच भएको भेटवार्ताले राजनीतिक गरमागर्मी बढाएको छ ।
मंगलबार साँझ राष्ट्रपति भण्डारीले उपाध्यक्ष गौतमलाई शितल निवासमा बोलाएर पार्टी विवादबारे छलफल भएको खबरसँगै गरमागर्मी बढेको हो । भेटमा राष्ट्रपति भण्डारीले पार्टी एकताका लागि भूमिका खेल्न आग्रह गरेको गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले बताए ।
उपाध्यक्ष गौतम यसअघि आइतबार अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को निवास खुमलटारमा भएको भेलामा पनि सहभागी भएका थिए । पछिल्लो समय नेकपमा अध्यक्षद्वयको विवाद उत्कर्षमा पुगेको छ ।




















प्रतिक्रिया