काठमाडौं- नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले तरुण सुर्खेत जिल्ला सदस्यमाथि भएको पेस्तोल आक्रमणका दोषिलाई कडा कारबाही गर्न माग गरेका छन्।
फागुन १२ गते साँझ ८:३० बजे बजार हुँदै ढोडेखाली घर जाने क्रममा तरूण दल सुर्खेतका जिल्ला सदस्य विनोद गिरीमाथि गोली प्रहार गरेका थिए। गिरीको ज्यान मार्नेगरि आक्रमण भएको भन्दै गुरुङले घटनाप्रति नेपाल तरुण दल केन्द्रीय समितिको गम्भिर ध्यानाकर्षण भएको बताएका छन्।
‘ज्यानै मार्ने उद्देश्यले निहत्था तरूण साथी माथि गरिएको उक्त पेस्तोल आक्रमणको दल घोर निन्दा र भर्त्सना गर्दै उक्त अपराधिक कृयाकलापमा संलग्न सम्पुर्ण व्यक्तिहरूलाई कानुनको कठघरामा ल्याई हँदैसम्मको कारबाहीको लागि सरकारको सम्बन्धित निकायसँग जोडदार माग गर्दछ। साथै त्यस घटनाको सत्यतथ्य छानवीन गरी जनता समक्षल्याई आम नागरिकहरूमा देखिएको त्रास र भयको वातावरण अन्त्य गर्न र जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिन पनि नेपाल तरूण दल सरकारसँग जोडदार माग गर्दछ,’ उनले भनेका छन्।
प्रतिक्रिया