Logo

समाचार

इटहरीमा आगलागी हुँदा एक जनाकाे मृत्यु



सुनसरी । सुनसरीको इटहरीमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी–६ का ५२ वर्षीया गोपीमाया कटुवाल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । इटहरी–६ का विष्णु खड्काको घरमा गए राति भएको आगलागीमा कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कटुवाल छोरा–बुहारीसँग डेरामा बस्दै आएकी थिइन् । कटुवालले आफैँले आगो लगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । कटुवाल पहिले देखिनै डिप्रेसन (मानसिक चिन्ता)सम्बन्धी औषधि सेवन गर्दै आएकाे र कोठामा एक्लै सुतेका बेलामा भित्रबाट कोठा बन्द रहेको जनाइएको छ ।

घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन २०, २०८० आईतबार  ९ : ५५ बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।