Logo

प्रमुख समाचार

संसद्का दुवै सदनको बैठक बस्ने (कार्यसूचीसहित)



काठमाडौं- संघीय संसद्का दुवै सदनको बैठक आज भस्ने भएको छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ। राष्ट्रियसभाको बैठक १:१७ बजे बस्ने संसद् सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन २०७९/०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्ताव प्रस्तुत गर्ने र २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)माथि छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ।

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकसेवा आयोगका ६४ औँ वार्षिक प्रतिवेदन २०७९/०८० सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित मिति : फाल्गुन २१, २०८० सोमबार  ७ : १६ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।