काठमाडौं- विश्वभर सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा समस्या देखिएको छ। मंगलबार राति एक्कासी फेसबुक र इन्स्टाग्राम लगआउट भएको थियो।
त्यसपछि लगइन नै नहुने समस्या देखिरहेको छ। समस्या देखिएपछि विश्वभरका फेसबुक र इन्स्टाग्रामका प्रयोगकर्ताले गुनासो गरेका छन्।
फेसबुकसँगै मेटाको अर्को सामाजिक सामाजिक सञ्जाल इन्स्टाग्राम भने पूर्णरूपमा काम गर्न छाडेको छ। मेटाकै ह्वाट्सएप भने चलिरहेको छ।
प्रतिक्रिया