Logo

समाचार

भिभो भी३०ः नवीन स्मार्टफोनको नयाँ अध्याय



काठमाडौं ।  स्मार्टफोन भिभो भी३० नेपालमा सार्वजनिक गरिएको छ । औरा लाइट पोट्र्रेट टेक्नोलोजीलाई अपग्रेड गरिएको भिभो भी३० को बजार मूल्य ६० हजार ९९९ रुपैयाँ कायम गरिएको कम्पनीको भनाइ छ ।

भी३० मा ५० मेगापिक्सलको अटोफोकश अल्ट्रा वाइड–एंगल क्यामेरा रहेको छ, जसले ग्रुपको विशेष क्षणहरू र कम–प्रकाश दृश्यहरूलाई सहज र सुन्दर रुपमा कैद गर्ने कम्पनीको भनाइ छ । यी विशेषताहरु अन्य प्रतिस्पर्धी स्मार्टफोनमा उपलब्ध छैन ।

भी३० मा भिजुअल अनुभव वृद्धि गर्नका लागि थ्रिडी कर्भ स्क्रिन र सिल्की–स्मूद १२० हर्जको रिफ्रेस रेट छ । भिभो भी३० क्वालकम स्न्यापड्रैगन ७ जेन ३ द्वारा संचालित छ, जसले न्यूनतम पावर खपत गर्दै सिमलेस मल्टिटास्किङ र गेमिङ सुनिश्चित गर्दछ । साथै, यसमा विशाल ५००० एमएएच ब्याट्री र ८० वाट फ्ल्यास चार्ज रहेको रहेको कम्पनीको भनाइ छ ।

भिभोले भी३० मा मार्च ७ तारिखदेखि १३ तारिखसम्म प्रि–बुकिङ्ग खुला गरेको छ । यो दौरानमा कुनै पनि आधिकारिक रिटेल स्टोरबाट प्रयोगकर्ताहरुले रु ३००० मा प्रि–अर्डर गर्दा भिभोको टीडब्लुएस ३ई इयरबड निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

स्टाइल र पर्फमेन्शमा निपूर्ण तथा सुलभ मुल्यमा उपलब्ध भी३० लाई आफ्नो बनाउने यो सुनौलो अवसर रहेकाे छ । ग्राहकहरुले मार्च १४ देखि देशभरका सबै मुख्य रिटेल स्टोरहरू र दराजमा सहजै भिभो भी३० खरिद गर्न सक्नेछन् । चाहे अनलाइन खरिद गर्न चाहाने वा स्टोरमै गएर ह्यान्ड्स–अन अनुभव लिएर खरिद गर्न चाहाने दुवैलाई भिभोले सुविधा उपलब्ध गराएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार १२:०२   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।