Logo

समाचार

कीर्तिपुर नगरपालिका-१ का वडाध्यक्षको निधन



काठमाडौं- कीर्तिपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ।

क्यान्सरबाट पीडित महर्जनको बुधबार कीर्तिपुर-१ बाघभैरवस्थित आफ्नै निवासमा निधन भएको हो। महर्जनलाई अस्पतालबाट बुधबार घर ल्याइएको बताइएको छ।

कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले वडाध्यक्ष महर्जनको निधन भएको पुष्टि गरे।

उपप्रमुख शुभलक्ष्मी शाक्यका अनुसार दिवंगत वडाध्यक्ष महर्जनको पार्थिव शरीर अहिले बिहान ९ बजे कीर्तिपुर नगरपालिकाको कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ।

६० वर्षीय महर्जन २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट कीर्तिपुर नगरपालिका वडा नं. १ को अध्यक्षमा निर्वाचित भएका थिए।

वडाध्यक्ष महर्जनको निधनपछि कीर्तिपुरका २ वटा वडा अध्यक्षबिहीन भएका छन्।

गत बैशाख १ गते मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भइ उपचाररत कीर्तिपुर नगरपालिका-४ का वडाध्यक्ष श्यामराजा अधिकारीको बैशाख १० गते निधन भएको भएको थियो।

प्रकाशित मिति : फाल्गुन २४, २०८० बिहीबार  ९ : ४६ बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।