Logo

समाचार

बाँकेमा लुटेरा समूहको आक्रमणबाट १ जनाको मृत्यु, एक घाइते



बुटवल । बाँकेको जानकी गाउँपालिकाको मानपुर नजिकै लुटेरा समूहको आक्रमणबाट एक जनाको ज्यान गएको छ । चोरले चिर्पटले आक्रमण गर्दा गम्भीर घाइते भएका जानकी ३ रुद्रपुर नयाँ बस्तीका सन्तोष कठरिया थारुको नेपालगञ्जमा उपचारका क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहराले सो समूहको प्रतिकारका क्रममा मृतक केडेरियाकी श्रीमती सविता राजवंशी थारु पनि घाइते भएको बताए । लुटेराहरूले सबिताले लगाएको सुनको फुली र ४० हजार नगद लुटेर लगेको प्रहरीले जनाएको छ ।

खजुरा रोडबाट भित्री सडकमा पर्ने रुद्रपुरमा एकान्तमा रहेको घरमा लुटपाटकै उद्देश्यले सो समूह आएको बताइएको छ । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति : फाल्गुन २४, २०८० बिहीबार  १० : ३२ बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।