Logo

समाचार

महाशिवरात्रीको अवसरमा गोदावरी धाममा सरसफाइ



धनगढी- कैलालीको गोदावरी धाममा महाशिवरात्रीको अवसरमा सरसफाइ गरिएको छ। बिहीबार थ्री डिभिएल क्रियसन र हाम्रो संस्कृति हाम्रो पहिचान नेपालको सहकार्यमा सामाजिक क्रियाकलापमा सक्रिय रहेका युवाले महाशिवरात्रीको अवसर पार्दै गोदावरी धाममा रहेका मन्दिरसँगै मन्दिर वरपर सरसफाइ गरेका हुन्।

विगत वर्षदेखि सामाजिक सेवा भावमा सक्रिय नेतृत्व गर्दै सामाजिक क्रियाकलाप गर्दै आएका अत्तरियाका युवा एल आर ओझाको नेतृत्वमा सुदूरपश्चिमको महत्त्वपूर्ण तीर्थस्थल गोदावरीधाममा सरसफाइ गरिएको हो।

ओझासँगै ॐ प्रकाश ओझा, हार्दिक ऎर, बिष्णु बुढा, पदम बोहरालगायत युवाहरूको सक्रिय सहभागीता रहेको थियो। मन्दिरमा दर्शनार्थीलाई दर्शनका लागि सहज होस र सबैको मनोकामना पवित्र मनले पुरा होस भन्ने कामना राख्दै सामाजिक काममा लागेको ओझाले बताए।

युवाहरूको टिमले विगतमा पनि सुदूरपश्चिमको प्रमुख धार्मिक एवम् पर्यटकीयस्थल गोदावरी धाममा विभिन्न समयमा लाग्ने मेला र धार्मिक दिनको अवसर पारेर सरसफाइ, रंग रोगन गर्नुका साथै स्वयंसेवकको भूमिका नि:शुल्क रूपमा गर्दै आएको छ।

प्रकाशित मिति : फाल्गुन २५, २०८० शुक्रबार  ११ : ४४ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।