Logo

समाचार

ग्यालेक्सि एक्सिलेन्स अवार्डको तेश्रो संस्करण घोषणा



काठमाडौं । निकिला मिडिया नेटवर्कले ‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ तेश्रो संस्करणको औपचारिक घोषणा गरेको छ । राजधानीमा एक कार्यक्रमकाबीच अवार्डको तेश्रो संस्करण घोषणा गरिएको हो ।

अग्रज, स्रष्टा, सर्जक, कलाकार, शिक्षाविद, पत्रकार, समाजसेवी, व्यबसायी लगायत विभिन्न क्षेत्रमा आवद्ध पेशाकर्मीहरुलाई उहाँंहरुले पुर्याउनु भएको योगदानको कदर गर्ने उदेश्यले अवार्ड आयोजना हुन लागेको हो । ईभेन्ट आयोजनाको लामो अनुभवपछि अवार्डहरुको भिडमा एक पृथक किसिमका अवार्ड आयोजना गर्न लागेको आयोजक समितिका अध्यक्ष सोनीतराज ढुंगेलले बताए ।

कार्यक्रममा बोल्दै आयोजक संस्था निकिला मिडिया नेटवर्कका अध्यक्ष सोनितराज ढुङ्गेलले उक्त संस्थाले गरेको पहिलो र दोस्रो संस्करणको ग्यालेक्सि एक्सिलेन्स अवार्डको भव्य सफलता पश्चात् देश विदेशबाट आएका सकारात्मक प्रतिक्रिया एवं अवार्डको गरिमाका विषयमा भएका टिका टिप्पणीले आफूहरू थप ऊर्जावान् भएको बताए ।

यस्तै, उनले उक्त अवार्डलाई विश्वको एक नम्बरमा दर्ज गर्ने उद्देश्यका साथ आफूहरू सकारात्मक भएर लागि परेको र त्यसमा सफल भएरै छाड्ने बताए ।

अवार्डमा ३५ विधा समेटिनेछ । आउँदो मे २५ होटल हायात प्यालेसमा आयोजना हुने अवार्डमा नेपाली कलाक्षेत्रका दिग्गजदेखि कनिष्ठसम्मको उपस्थिती रहनेछ ।

उक्त घोषणा समारोहमा नेपाली गीत संगीत, कला संस्कृतिको विख्यात व्यक्तित्वं चलचित्र विकास बोर्डको पहिलो कार्यकारी एवं विश्वकै पहिलो रियालिटी शो प्रतिभाको डबलीका निर्माता निर्देशक तथा पहिलो म्युजिक भिडियो निर्देशक प्रख्यात गायक संगीतकार शम्भुजित बास्कोटा, ग्यालेक्सि एक्सिलेन्स अवार्डका निर्देशक शिशिर टण्डन, नेशनल एकेडेमी अफ मेडिकल साइन्सका प्रवक्ता डा.विक्रम शाह, एन प्लस प्रोफेसनलका प्रबन्ध निर्देशक हितेश लिम्बानी, टाईम्स स्कवाएरका निर्देशक राजन ढकाल, नायक श्रीदेव भट्राई, लि डिभाईन, भारतका प्रमुख तथा ईभेन्ट डाइरेक्टर पुनम कौशिक, अर्का भारतीय ईभेन्ट व्यवस्थापक श्रुती सरल लगायत पेजेन्ट नेपालका प्रमुख एवं कार्यक्रम व्यवस्थापन संघका उपाध्यक्ष राज लुइँटेल, शिक्षाविद् रमा प्याकुरेल लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

घोषणा समारोहलाई कलाकार गोपाल ढकाल छन्देले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : फाल्गुन २५, २०८० शुक्रबार  ४ : ०८ बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।