Logo

प्रमुख समाचार

मन्त्री चौधरी अमेरिका भ्रमण नजाने



काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी अमेरिका भ्रमण नजाने भएकी छन् ।

यही फागुन २४ मा बसेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले भ्रमणका लागि स्वीकृति दिए पनि मन्त्री चौधरीको भ्रमण स्थगित भएको हो ।

सोमबार र मंगलबार संयुक्त राष्ट्र संघको आयोजनामा न्युयोर्कमा हुने ‘कमिसन अन दि स्टाटस अफ वुमन´को ६८ओैं सत्रमा भाग लिन मन्त्री चौधरी जाने कार्यक्रम तय भएको थियो । तर, प्रधानमन्त्रीले छिट्टै विश्वासको मत लिने तयारी गरेकोले उनको भ्रमण रोकिएको बताइएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आईतवार १०:४३   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।