Logo

समाचार

अस्पतालको लाइनमै अस्ताए ३४ वर्षीय जीवन



रत्ननगर- पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा ओपीडीको टिकट काट्न लाइनमा बसेका एक युवाको ढलेर मृत्यु भएको छ।

मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका रत्ननगर वडा नम्बर ३ लौरीघोलका ३४ वर्षीय जीवनबाबु थापामगरको मृत्यु भएको अस्पतालले ननाएको छ। मुटु दुखेपछि मोटरसाइकलमा एक्लै अस्पताल पुगेका थापामगर लाइनमा बसेको केही बेरमै एक्कासी ढलेका प्रत्यक्षदर्शीले बताएका छन्।

सो अस्पतालका डाक्टरहरुले थापामगरको हृदयघात भएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ। एक्कासी ढलेका उनको अस्पतालको आकस्मिक कक्षमा पुर्‍याउदा मृत्यु भइसकेको थियो।

प्रकाशित मिति : फाल्गुन २७, २०८० आईतबार  १२ : ३१ बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।