Logo

समाचार

रहेनन् दश पटकसम्म वडाध्यक्ष जितेका व्यञ्जनकार



काठमाडौं- ललितपुर महानगरपालिका वडा नम्बर १० का पूर्व वडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ। उनको आज नर्भिक अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएको हो।

उनी ललितपुर–१० मा २०२९ सालदेखि लगातार १० पटक वडाध्यक्षमा निर्वाचित भएका थिए। तर, ०७९ को स्थानीय चुनावमा उनी रविनमान व्यञ्जनकारसँग पराजित भएका थिए।

त्यतिबेला नरसिंह नेपाली कांग्रेसका उमेदवार रविनमानसँग २८२ मतले पराजित भएका थिए। नरसिंहले ५४३ मत ल्याउँदा रविनमानले ८२५ मत ल्याएका थिए।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार ०७:२९   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।