Logo

समाचार

कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरी खत्रीको मृत्यु



काठमाडौं । काठमाडौंको कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका प्रहरी नायब निरीक्षक (सई) टोपबहादुर खत्रीको निधन भएको छ । उपचारको क्रममा माइतीघरस्थित अन्नपुर्ण न्यूरो अस्पतालमा उनको मृत्यु भएको हाे ।

फागुन २० मा जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट उनी घाइते भएका थिए ।

दुर्घटना गराउने बसका चालक नवराज गिरीविरुद्ध प्रहरीले ‘सवारी ज्यान’ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : फाल्गुन २८, २०८० सोमबार  १० : ४५ बजे

273
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।