Logo

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट



रौतहट, गौर नगरपालिका—९ सिरसिया बस्ने वीरेन्द्र पासवानको घरमा बिद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा घर पूर्ण रूपमा जलेर करिब २ लाख ‍रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
कपिलवस्तु, यशोधरा गाउँपालिका–५ नन्वा बस्ने आशिया खातुनको घरमा खाना पकाउने क्रममा मंगलबार दिउँसो  आगलागी हुँदा घर पूर्ण रूपमा जलेर करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सिरहा, लहान नगरपालिका-३ बस्ने राम नारायण महतोको सोनी ट्रेडर्स एण्ड सप्लायर्स नामक कवाडी पसलमा मंगलबार साँझ आगलागी हुँदा पसल पूर्ण रूपमा जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
दमकल र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार १३:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।