Logo

प्रमुख समाचार

भागेका थुनुवालाई समात्न खोज्दा प्रहरी जवानको भीरबाट लडेर मृत्यु



काठमाडौं । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट भागेका थुनुवालाई पक्राउ गर्न गएका प्रहरी जवानको मृत्यु भएको छ ।

जबर्जस्ती करणी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका महाकाली नगरपालिकाका २३ वर्षका उमेश सिंह कुँवर भागेपछि पक्राउ गर्न गएका प्रहरी जवान सोहन चौधरीको भीरबाट लडेर मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

भागेका थुनुवा कुँवरलाई समात्न प्रहरी जवान चौधरी प्रहरी कार्यालय भवनको पछाडी भागबाट हामफालेका थिए । त्यसक्रममा उनी भिरमा पुगेका थिए भने टाउकोमा चोट लागेको थियो ।

लडेको केहीबेरमा जवान चौधरीको मृत्यु भएको थियो । चौधरीको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ ।

जबर्जस्तीकरणी  र ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धानका लागि प्रहरीले कुँवरलाई २१ फागुनमा पक्राउ गरेको थियो ।

यसैबीच भागेका थुनुवा कुँवरलाई प्रहरीले भारतीय प्रहरीको समन्वयमा महाकाली पारिबाट नियन्त्रणमा लिइसकेको छ ।

प्रकाशित मिति : फाल्गुन २८, २०८० सोमबार  ३ : ५० बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।