Logo

प्रमुख समाचार

दाङबाट काठमाडौं आउँदै गरेको बस कालाकाटेमा दुर्घटना



काठमाडौं- दाङबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस दुर्घटनामा परेको छ।

मंगलबार राति दाङको तुलसीपुरबाट काठमाडौंका लागि छुटेको प्र–३०१–००६ ख ०९७४ बस गढवा गाउँपालिका–१ स्थित कालाकाटेमा दुर्घटनामा परेको हो।

लुम्बिनी प्रहरीका अनुसार दुर्घटनामा परेर तीन जना सामान्य घाइते भएको भए पनि ठूलो क्षति भएको दाङ प्रहरीले जनाएको छ। बस प्राविधिक कारणले अनियन्त्रित भएर रुखमा ठोक्किएको प्रहरीको भनाइ छ।

 

प्रकाशित मिति : फाल्गुन ३०, २०८० बुधबार  ६ : ५७ बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।