Logo

प्रमुख समाचार

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं- राष्ट्रियसभा बैठक बस्दै छ। आज दिउँसो १ बजेर ९ मिनेट जाँदा बैठक बस्ने संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ।

त्यस्तै, विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोकिने कार्यसूचीमा उल्लेख छ।

आगामी आर्थिक वर्ष २०८१/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल जारी रहने संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

प्रकाशित मिति : फाल्गुन ३०, २०८० बुधबार  ७ : २६ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।