जनकपुरधाम । सर्लाहीमा मन्दिर तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन् । मलंगवा नगरपालिका-८ स्थित राजदेवी मन्दिर र मलंगवा नगरपालिका-९ स्थित झिलमिलिया माई मन्दिर भित्र रहेको मूर्ति तोडफोड गरेको आरोपमा मलंगवा -८ बस्ने ३३ वर्षीय राकेश बैठा पक्राउ परेका हुन् ।
बैठालाई मन्दिर तोडफोडमा प्रयोग गरिएको हतियारसहित नियन्त्रणमा लिइएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मंगलबार साँझ बैठाले मन्दिर तोडफोड गरेको प्रहरीले जनाएको छ । बैठालाई धर्मसम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया