Logo

समाचार

बोलेरो दुर्घटनाप्रति पूर्वमन्त्री किरातीद्वारा दु:ख व्यक्त, सामाजिक सञ्जालमा छोडे फोन नम्बर



भोजपुर- धरानबाट घोरेटार आउँदै गरेको बोलेरो दुर्घटना हुदा ६ जनाको मृत्यु भएको घटनाप्रति पूर्वमन्त्री सु्दन किरातीले दु:ख व्यक्त गरेका छन्।

‘धरानबाट भोजपुरको लागि यात्रु बोकेर चुहार पुल गइरहेको जिप दुर्घटना परेको खबरले स्तब्ध बनाएकोछ। उद्धारको लागि सम्बन्धित निकायहरूसँग कुराकानी भइरहेकोछ। आवश्यक परे मेरो फोन 9851107710 मा सिधै सम्पर्क गर्न सक्नु हुनेछ,’ उनले भने।

धरानबाट भोजपुर आउँदै गरेको बोलेरो उदयपुरको मैनामैनीमा दुर्घटना भएको हो। बोलेरोमा १४ जना सवार रहेकोमा ६ जनाको मृत्यु भएको खवर प्राप्त भएको प्रहरीले जनाएको छ। स्थानीयसँगको समन्वयमा प्रहरीले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक सुदिपराज पाठकले बताए।

मृत्यू हुनेको पहिचान भने खुल्न सकेको छैन। घटना स्थलमा उद्धारको कार्य भइरहेको र एम्बुलेन्स पनि पुगिसकेको पाठकले बताए। स्थानीयका अनुसार गाडी सडकबाट करिव ८०० मिटर तल भिरमा खसेको छ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार १२:२०   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।