Logo

आजको तस्बिर

होली रंगमा रंगिएका उमंगहरू [तस्बिरहरू]



काठमाडौं- ऋतुहरूको राजा, वसन्त याम। वसन्त ऋतु सुरु भएसँगै प्रकृतिले आफ्नो रुप बदल्छ। हरियाली छाउँछ। बोट-बिरुवामा नयाँ पालुवा पलाउँछ। मौसममा मादकता थपिन्छ। यसलाई बहार वा यौनावस्था पनि भन्ने गरिन्छ।

यसलाई प्राणायामको याम पनि मानिन्छ। यसबेला वायुमण्डल शुद्ध र ताजा हुन्छ। त्यसैले त यस यामको आगमनसँगै मनमा आनन्द र उल्लास भरिन्छ। सूर्य उत्तरायण भएसँगै दिन घमाइला भएका छन्।

वसन्त यामको आगमनसँगै होली पर्व मनाइन्छ। यो सप्तरंगी उत्सवले प्रकृति र जीवनलाई अरु एकाकार बनाइदिन्छ।

होली, रंगहरूको मेला। सत्य र निष्ठाको कथासँगै जोडेर यसले जीवनलाई सप्तरंगी बनाइरहनुपर्छ भन्ने सन्देश प्रवाह गर्छ। सधैं खुसी, सधैं उत्साहित, सधैं उर्जावान् र सधैं सकारात्मक।

आज दिनभर देशका पहाडी र हिमाली जिल्लामा फागु पूर्णिमा अर्थात होली धुमधामका साथ मनाइन्छ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आईतवार ११:०८   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।