Logo

समाचार

कपनबाट पेस्तोलसहित एक जना पक्राउ



काठमाडौं- काठमाडौंको कपनबाट गुण्डागर्दीमा संलग्न प्रशान्त पराङदेवा लिम्बुलाई हतियारसहित प्रहरीले पक्राउ गरेको छ। गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रण गर्ने जिल्ला प्रहरी परिसरको अभियानअन्तर्गत कपन क्षेत्रमा पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सिर्जना गर्ने व्यक्तिहरूको खोजतलास गर्ने क्रममा लिम्बु पक्राउ परेका हुन्।

शङ्कास्पद गतिविधिहरू गरेको सूचनाको आधारमा ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर ९ घर भई हाल सरस्वतीनगर कपन बस्ने वर्ष २८ को प्रशान्त पराङदेवा लिम्बुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनको घरमा खोजतलास गर्दा कटुवा पेस्तोल एक थान, धारिलो चक्कु दुई थान, फलामको हम्बर एक थान र मोबाइल दुई थानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : चैत्र १६, २०८० शुक्रबार  १० : ५९ बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।