जर्मन क्लब बोरुसिया डर्टमन्डले च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह चरणको तेस्रो खेलमा जित निकालेको छ । बुधबार राति भएको खेलमा डर्टमन्डले क्लब बुर्गलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
क्लब ब्रुगको घरेलु मैदानमा भएको खेलमा डर्टमन्डलाई जित दिलाउन इर्लिङ हालान्डले दुई गोल गरे । त्यस्तै थोर्गान हाजार्डले एक गोल गरे ।
खेलको १४औं मिनेटमा हाजार्डले गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाए । १८औँ मिनेटमा हालान्डले गोल गर्दै डर्टमन्डको अग्रता दोब्बर पारे ।
३२औँ मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३-० गोलको जित दिलाए । जितसँगै समूह ‘एफ’को डर्टमन्डले तीन खेलबाट ६ अंक जोडेको छ । डर्टमन्ड तालिकाको शीर्ष स्थानमा छ । पराजित क्लब ब्रुर्ग ४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।




















प्रतिक्रिया