Logo

नेपाली बलर सन्दिप लामिछनेको आइपीएल यात्रा



नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत आफ्नो तेस्रो सिजन बेन्चमा बसेर बितएका छन् । सन्दीप दिल्ली क्यापिटल्सका खेलाडी हुन्। उनलाई तेस्रोपटक पनि दिल्ली क्यापिटल्सले टिममा लिएको थियो तर, यूएईमा जारी आईपीएल अन्तर्गत दिल्लीको लिगका पूरै १४ खेलमा उनलाई टिममा कुनै पनि बेला मौका भने मिलेन । 

आईपीएलमा खेल्न पाउनु सबै खेलाडीको सपना जस्तै रहेको हुन्छ, प्रत्येक टिमले विदेशी खेलाडी चार जना राख्न पाउने प्रावधान रहेको छ। यद्यपि, दिल्लीले सन्दीपलाई कुनै पनि खेलमा राख्ने कोसिस  सम्म पनि गरेन । अघिल्लो दुई सिजनमा सबै खेल खेल्न नपाएतापनि खेल्न पाएका खेलमा उनले राम्रो प्रदर्शन गरेका थिए। यो सिजनमा उनलाई दिल्लीले कुनै पनि खेलमा नखेलाउनु भनेको उनलाई भन्दा अरू बिदेशी खेलाडीमाथि विश्वास गर्नु नै हो। 

सन्दीपले इण्डियन प्रिमियर बाहेक अरु थुप्रै लिग खेलेका छन्, अरु लिगमा भने सन्दिप टीमको सधै पहिलो रोजाईमा नै पर्ने गर्छन् । यता आइपीएल भने सन्दीपले २०१८ देखि खेल्न शुरू गरेका थिए। त्यतिबेला उनी एक नयाँ युवा खेलाडीको रूपमा थिए। त्यतिबेलापनि सबैखेल भने खेल्न पाएका थिएनन् तर खेल्न पाएका खेलहरुमा भने आफुलाई निकै अब्बल साबित गरेका थिए ।
 
सन्दीपले आफ्नो उक्त पहिलो आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध डेब्यू गरेका थिए। योसँगै उनले पहिलो सिजनको आईपीएलमा कुल ५ विकेट लिएका थिए।
अघिल्लो वर्षको आईपीएलमा सन्दीपलाई दिल्लीले पुनः अनुबन्ध ग¥यो।

उनी यसपटक भने विश्वका विभिन्न टी–२० लिगमा खेलर विश्व प्रसिद्ध भइसकेका थिए। तर, पनि दिल्लीले पहिलेकै भाउ २० लाख भारु (नेपाली ३२ लाख रुपियँँ) मा उनलाई टिममा राखेको थियो। 
सन्दीपले आफ्नो दोस्रो सिजनको आईपीएलमा पहिलोको तुलनामा धेरै खेल खेल्न पाए। उनले कुल ६ खेल खेलेका थिए, जसमा उनले ८ विकेट लिन पुगेका थिए।
दिल्ली क्यापिटल्सले प्लेअफमा स्थान सुरक्षित गरेको छ। त्यसैले, पनि सन्दीपका लागि खेल्ने सम्भावना अझै बाँकी छ। बिहीबार हुने पहिलो क्वालिफायरमा दिल्लीको प्रतिस्पर्धा मुम्बई इन्डीयनसँग हुनेछ। यदि, यो खेल जितेमा सीधै फाइनलमा खेल हुनेछ। यदि, हारेमा पनि टिमले फाइनलमा पुग्न सनराइजर्स हैदरवाद र बेंगलोर को बिजेतासँग  अर्को एक खेल खेल्न पाउनेछ। 

प्रकाशित मिति : कार्तिक २०, २०७७ बिहीबार  १० : ४३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।