वेष्टइन्डिजका ब्याट्सम्यान मार्लन साम्युएल्सले बुधवार व्यवसायीक क्रिकेटबाट सन्यास दिने घोषणा गरेका छन् । वेष्टइन्डिजको दुई टी–२० विश्वकप फाइनल खेलमा शीर्ष स्कोरकर्ता साम्युल्सले २०१८ को डिसेम्बरमा बंगलादेशको बिरूद्ध अन्तिम खेल खेलेका थिए ।
साम्युएल्स ले यस वर्षको जूनमा वेस्टइंडीज क्रिकेटलाई आफ्नो अवकाशको बारेमा जानकारी दिएका थिए । वेष्टइन्डिज ¬(सीडब्ल्यूआइ)का सीईओ जोनी ग्रेभले यो पुष्टि गरेको छ ।
३९ वर्र्षीय वेष्टइन्डिज खेलाडीले २०१२ टी–२० फाइनलमा ५२ बलमा ७८ रन बनाएर श्रीलंकाको विरूद्ध जित निकाल्नमा महत्वपूर्ण भूमिका खेलेका थिए । यस खेलमा, उनले १५ रन दिएस १ विकेट पनि लिएका थिए ।
।
२०१६ मा कोलकातामा सम्पन्न टी २० फाइनलमा उनले ६६ बलमा ८५ रन बनाएर इङ्ल्याण्ड विरुद्ध ४ विकेटले जित्ने निकाल्न निर्णायकको भूमिका खेलेका थिए । यस खेलमा उनलाई म्यान अफ दि म्याच अवार्ड प्रदान गरिएको थियो । योसँग ो टी २० फाइनलमा दुई पटक यो सम्मान पाउने एकमात्र खेलाडी बने ।
टी २० क्रिकेटमा समुअल्सले ६७ खेलमा १० अर्धशतकको सहायताले १६११ रन बनाएका छन् । र ा २२ विकेट पनि लिएका छन् ।
सामुएल्सले ७१ टेस्ट म्याचमा ३९१७ रन बनाएका थिए । जसमा एक दोहोरो शतक सहित ७ शतका रहेको छ ।
समुअल्सले २०७ एकदिवसीय खेलमा ५६०६ रन बनाएका छन् । जसमा १० शतक र ३० अर्धशतक सामेल छ । एकदिवसीय क्रिकेटमा उनको नाममा ८९ विकेट छ । उनले विश्वभरिका धेरै टी २० फ्रान्चाइजीहरुमा पनि भाग लिएका छन्। । यसमा पुणे वारियर्स, दिल्ली डेयरडेविल्स(हाल दिल्ली क्यापिटल्स), मेलबोर्न रेनेगेड्स र पेशावर जलमी छन्।् ।




















प्रतिक्रिया