Logo

राजनीति

नरवणेद्वारा नेपाली सेनालाई भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री प्रदान 



भारतीय सेनाले नेपाली सेनालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपाली सेनालाई भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री प्रदान गरेको छ । 

 

बिहीबार एक कार्यक्रमका बीच भारतीय सेनाध्यक्षले कोभिड–१९ महामारी विरुद्धका लडाइमा अझ सघाउ पु¥याउन नेपाली सेनालाई थप भेन्टिलेटरसहित एक्स–रे मेसिन, कम्प्युटेड रेडियोग्राफी सिस्टम, आइसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसीया मेसिन, ल्याब उपकरण, एम्बुलेन्सलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको नेपाली सेनाले जनाएको छ । यसअघि पनि भारतीय सेनाले नेपाली सेनालाई भेन्टिलेटर उपहारस्वरुप प्रदान गरेको थियो । 

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सेनापति नरवणेलाई आजै दिउँसो सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यतालिका छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीन दिने भ्रमणका लागि आएका भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ ।

 

प्रकाशित : २० कार्तिक २०७७, बिहिबार