Logo

राजनीति

देशका लागि भएपनि म राजीनामा दिन्न : प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने स्पष्ट पारेका छन् । बुधबार चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशका लागि भएपनि राजीनामा नदिने स्पष्ट पारेका हुन् ।

अहिलेको अवस्थामा राजीनामा दिनु भनेको देशलाई बर्बादितिर लानु हो भन्दै ओलीले त्यसकारण पनि आफूले राजीनामा नदिने बताए ।पछिल्लो समय पार्टीभित्रैबाट राजीनामा दिन दबाब सिर्जना भएको अवस्थामा प्रधानमन्त्री ओलीले देशका लागि भएपनि राजीनामा नदिने स्पष्ट पारेका हुन् । 

कुनैपनि जालझेल तथा तिकडमबाट नभई व्यापक जनसमर्थनबाट प्रधानमन्त्री बनेकाले सरकार फेरिन्छकी भन्ने दुविधामा नपर्न समेत आग्रह गरे ।उनले भने,‘म यस ठाउँमा आएको मेरा रहरले होइन जनताको आवश्यकता र समर्थनले हो । प्रधानमन्त्री ओलीले एकथरी व्यक्तिहरु देशमा अस्थिरता निम्त्याउन लागि रहेको समेत बताए । 

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार १५:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।