Logo

राजनीति

अब वार्ताकै लागि म बालुवाटार आउँदिन् :  प्रचण्ड 



 सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच आज भएको भेटवार्ता सहमतिभन्दा पनि विवादतर्फउन्मुख भएको छ । बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष भेट्न पुगेका अर्का अध्यक्ष दाहालले सुरुमै प्रदेश नम्बर १ का आफूनिकट नेताहरुसँग जुममार्फत गरेको भेलाबारे आपत्ति र चासो व्यक्त गरेका थिए ।

दाहालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘जनताको बहुदलीय जनवादलाई पार्टीको मूल विचार बनाएर अघि बढाउनेगरि तपाईले हिजो प्रदेश नम्बर १ का नेताहरुसँग जुममार्फत गरेको भेला आपत्तिजनक छ । यसले पार्टीमा संकट निम्त्याउने काम भयो ।’ दाहालले हिजोमात्रै प्रधानमन्त्री ओलीले आफूले राजीनामा नदिने भनेर बोलेको विषयमा पनि जवाफ मागेका थिए ।

दाहालको भनाई उद्धृत गर्दै फेरि स्रोतले भन्यो,‘हिजो राजीनामा दिन्न भनेर बेमौसमीको कुरा किन उठाउनुभयो । कसले राजीनामा मागेको थियो र रु यो कुरा सबै गलत छन् । पार्टी फुटाउने काममा तपाई लाग्नुभयो । अब तपाईसँग वार्ता र छलफलको लागि म बालुवाटार आउँदिन् ।

 जे जे छलफल गने हो अब पार्टीका सबै कमिटीको बैठक राखौं, त्यहीँ आधिकारिक फोरममा छलफल गरौं ।’ तर, ओलीले भने बैठक राख्न नमानेको स्रोतको दाबी छ । ओलीले दाहालसँग भनेका थिए,‘अहिले बैठक राख्न आवश्यकता नै छैन । मैले बैठक राख्नुपर्ने कुनै सान्दर्भिकता देखेको छैन् ।’ 

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार १६:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।