Logo

राजनीति

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारको निर्णयप्रति खबरदारी :डा. बाबुराम भट्टराई



जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व-प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारको निर्णयप्रति खबरदारी गर्नुभएकाे छ ।

यसअघि ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लेखिँदै आएकोमा हाल आएर ‘नेपाल’ मात्र लेख्ने निर्णय गर्नुमा उहाँले केही गडबडी रहेको आशंका व्यक्त गर्नुभएकाे छ ।

डा. भट्टराईले आज ट्वीटरमा लेख्नुभएकाे छ, ‘संयुक्त राष्ट्र संघमा देश/राज्यका नाम उनीहरूको संविधान/राज्यप्रणाली अनुरूप हुने आम प्रचलन हो।सोही अनुसार नेपालको नाम “Federal Democratic Republic of Nepal” रहेकोमा ओली सरकार किन पछि हटेको हो? यो स्वीकार्य छैन! दालमा कालो छ है! सबैले प्रतिवाद गरौं! खबरदार !’

गत ११ असोजमा बसेको मन्त्रिपरिषद बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेको हालै मात्र खुलासा भएकाे हाे । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा असोज २८ मा जारी गरिएकाे एक परिपत्रमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को सट्टा ‘नेपाल’ मात्र लेख्नुपर्ने भनिएको छ ।

Capture.JPG

प्रकाशित मिति : कार्तिक २१, २०७७ शुक्रबार  २ : २८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।