Logo

ट्रम्प बाइडेनलाई भने, नतिजा नआउँदै आफूलाई विजेता घोषणा नगर’



अमेरिकी राष्ट्रपतिय चुनावमा भोट काउन्टिङ जारी छ । अमेरिकाको आगामी राष्ट्रपतिका डोनाल्ड ट्रम्पले र जो बाइडेनलाई अन्तिम नतिजा आउनुअघि नै आफूलाई विजेता घोषित नगर्न सुझाएका छन् ।

रिपब्लिकन पार्टीबाट उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्दी डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनलाई कानुनी प्रक्रिया भर्खर सुरु भएको बताउदै आफुलाई विजेता घोषणा नगर्न चेतावनी दिएका हुन् ।

सामाजिक सञ्जालमा ट्विट गर्दै वर्तमान राष्ट्रपति ट्रम्पले लेखेका छन्, ‘बाइडेन राष्ट्रपतिमा गलत दाबी नगर। त्यस्तो दाबी म पनि गर्न सक्छु। कानुनी प्रक्रिया भर्खर सुरु भएको छ।’

Capture.JPG

प्रकाशित : २२ कार्तिक २०७७, शनिबार