Logo

राजनीति

अब प्रचण्ड र ओलीको वारपार हुने, धुम्बाराहीमा जुटे बहुमत सचिवालय सदस्यहरु



सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्रको आन्तरिक बिवाद चरमोत्कर्षमा पुगेका बेला दुवै बिवादरत दुवै पक्ष आ/आफ्नो रणनीतिमा लागेका छन् । एकथरीले जसरी पनि अब अलग हुनुको बिकल्प नभएको निश्कर्षमा छन् भने अर्कोथरी पार्टीलाई फूटबाट जोगाउँनु पर्ने पक्षमा रहेर पहल गरिरहेका छन् । पार्टी सचिवालयको बैठक बस्ने तयारी भईरहेका बेला बहुमत सचिवालय सदस्यहरु अहिले धुम्बाराहीमा यसैको छिनोफानो गर्न गरिरहेका छन् ।

बिहान ९ बजेदेखि सुरु भएको छलफल अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी रहेको धुम्बाराही स्रोतले जनाएको छ ।

धुम्बाराही छलफल सकिनासाथ प्रधानमन्त्री ओलीलाई भेट्न नेताहरु बालुवाटार जाने बताईएको छ भने आजकै छलफलबाट केही न केही निश्कर्ष निकाल्ने सोचमा छलफल केन्द्रीत रहेको श्रोत बताउँछ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार बोलाएको सचिवालय बैठकले अर्का अध्यक्ष ओलीसँग भेट गरी बैठक बोलाउन माग गर्ने निर्णय गरेको थियो । तर ओलीले उक्त बैठकले पार्टी फूटको बिजारोपण गरेको प्रतिक्रिया दिएका थिए । सचिवालयका ५ सदस्यहरुले आज ओलीलाई भेटेर सचिवालय बैठकका लागि आग्रह गर्ने भएका हुन् ।

प्रकाशित मिति : कार्तिक २२, २०७७ शनिबार  १० : २२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।