Logo

महामारी नियन्त्रण र अर्थतन्त्रको सुधारका लागि काम गर्न सुरु गरिसके: बाइडेन



अमेरिकी राष्ट्रपति निर्वाचनमा जित नजिक पुगेका डेमोक्रेटिक उमेदवार जो बाइडेनले मुलकलाई संकटको समयमा नेतृत्व प्रदान गर्न लागेको बताएका छन् ।बाइडेनले कोरोना भाइरसको महामारी नियन्त्रण र अर्थतन्त्रको सुधारका लागि काम गर्न सुरु गरिसकेो बताएका छन् ।

मतदाताहरुले उनलाई र उनको रनिङ मेटसमेत रहेकी क्यालिफोर्निया सिनेटर कमला ह्यारिसलाई अधिक मत दिएर काम गर्नका लागि जनादेश प्रदान गरिएको सीएनएनमा उल्लेख छ ।

बाइडेनले ब्याटलग्राउन्ड स्टेट जर्जिया, नेवाडा र पेन्सलभानियामा अग्रता कायम गरेपछि जित्‍ने सुनिश्‍चित देखेको र मुलुकलाई सम्बोधन गर्दै आफू राष्ट्रपतिको प्रतिष्पर्धामा विजयी हुने बताएका दोहोर्‍याएका छन्।

बाइडेनले हाल सम्म २५३ इलेक्टोलरल कलेज मत प्राप्त गरेका छन् । अमेरिकामा २७० इलेक्टोरल कलेज मत ल्याउने उमेदवार विजयी हुनेछन्।

प्रकाशित मिति : कार्तिक २२, २०७७ शनिबार  ५ : ३६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।