प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको ४६ औं राष्ट्रपति जो बाइडनलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत नवनियुक्त राष्ट्रपति बाइडनलाई बधाई ज्ञापन गर्नुभएको हो ।
नवनियुक्त राष्ट्रपति बाइडनसँगै कमला ह्यारिसलाई पनि प्रधानमन्त्री ओलीले बधाई दिनुभएकाे छ । कमला ह्यारिस अमेरिकी इतिहाँसकै प्रथम अश्वेत तथा महिला उपराष्ट्रपति हुन् ।
बाइडन र ह्यारिसलाई मेन्सन गर्दै प्रधानमन्त्री ओलीले लेख्नुभएकाे छ- हार्दिक बधाई तपाईँहरूको प्रभावशाली र ऐतिहासिक जीतमा । म हाम्रा दुई देशहरूबीच मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन नयाँ अमेरिकी नेतृत्वसँग नजिकबाट काम गर्ने आशा गर्दछु ।’





















प्रतिक्रिया