Logo

बाल अपाङ्ग टेवा संस्था र लाइन्स क्लब अफ कपनको संयुक्त सहकार्यमा ह्वीलचियर वितरण



बाल अपाङ्ग टेवा संस्था र लाइन्स क्लब अफ कपनले आज चार जना अपाङ्ग व्यत्तिहरुलाई ह्वीलचियर प्रदान गरेका छन् । बिगत लामो समयदेखि अपाङ्गता भएका बालबालिकाहरुलाई स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गरिरहेको बाल अपाङ्ग टेवा संस्थाको सहयोग र लाइन्स क्लब अफ कपनको आयोजनामा छुट्टाछुट्टै कार्यक्रम बीच ४ जना अपाङ्ग व्यक्तिहरुलाइ ह्वीलचियर वितरण गरिएको हो । 

संस्था र कम्पनीले गोकेर्नेश्वोर न पा वडा न ५ कि राधादेवी गिरी, बुढानिलकण्ठ न पा वडा न ११ का सुरज खत्री, सर्लाहीका दिक्षिका कटुवाल, झापाका मुकुन्द प्रसाद भण्डारीलाई सो सहयोग गरेको हो । 

 वितरण कार्यक्रममा ह्वीलचियर प्रायोजक, वाल अपाङ्ग टेवा संस्थाका संस्थापक अध्यक्ष एबम समाजसेवी डेण्डी शेर्पाले संस्थाले विगत २०६२ सालमा स्थापना भई अपाङ्ग बालबालिका र अन्य क्षेत्रमा उल्लेखनिय काम गर्दै आइरहेको बताए । 

शेर्पा भने ‘हाल केहि समययता नेपालको अपाङ्गता भएका व्यक्तिहरुको दैनिकीसंग जोडिएको उनीहरुको अति आबश्यक साधन ह्वीलचियर हो। यो ह्वीलचियर बिना अपाङ्गता भएका व्यक्तिहरु हल्लिन र हिड्डुल गर्न सक्दैनन्। जो व्यक्तिले ह्वीलचियर प्राप्त गरेका छन् , उनीहरु गाउँठाउं र समाजमा घुलमिल हुनुको साथै आफ्नो क्षमता अनुसारको दैनिकी र जीविका गुजारा गर्न समेत सहयोग पुग्छ।’, ‘हरेक मान्छे केहि न केहि कारणले अपाङ्ग हुन सक्छ , त्यस पछिको जिन्दगीको सहारा भनेकै ह्वीलचियर हो। ह्वीलचियरलाइ यस संस्थाले महत्वपूर्ण सामग्रीको रुपमा हेरिरहेको छ। यसको आबश्यकता पनि छ। यद्यपि ह्वीलचियर वितरण यस संस्थाको दायित्व भन्दा पनि नेपाल सरकारको दायित्व थियो तापनि हाम्रो संस्थाले सामाजिक उत्तर दायित्व अन्तर्गत यो वितरण गरेको हो। संस्थाका अध्यक्ष डेण्डी शेर्पा थप्छन विकसित देशहरुमा कुनै पनि एउटा व्यक्ति अपाङ्ग भैसकेपछि उसको सम्पूर्ण जिम्मेवारी र दायित्व सरकारले लिन्छ। खाने बस्ने एक जान सहयोगी लगायत सम्पूर्ण जिम्मेवारी राज्यले लिन्छ। त्यसको तुलनामा नेपालको अवस्था हेर्ने हो भने अपाङ्गता भएका व्यक्तिहरुको लागि अपाङ्ग मैत्री संरचना छदै छैन। त्यसैले बिकासको क्रममा हरेक निर्माण क्षेत्रमा अपाङ्ग मैत्री हुनु आवश्यक रहेको छ।’

अध्यक्ष डेण्डी शेर्पाले दक्षिणढोकामा एउटा बिग्रेको ह्वीलचियर मर्मत गर्न लियर आएको र थप अरु भए आफुले मर्मत गरेर बनाइदिने र कसैको बिग्रेको ह्वीलचियर भए मर्मतको लागि सम्पर्क गर्न समेत आग्रह गरेका छन्।

सो ह्वीलचियर वितरण कार्यक्रमको आयोजना गर्ने लाइन्स क्लब अफ काठमाडौँ कपनका अध्यक्ष कुमार खड्काले क्लबले सामाजिक क्षेत्रमा राम्रो काम गर्दै आएको र तिहारपछि पनि माक्स वितरणको कार्यक्रम बनाएको जानकारी बताए । 

प्रकाशित : २३ कार्तिक २०७७, आइतबार