Logo

गण्डकी प्रदेशमा ट्राफिक प्रहरीले सुरु गर्यो ‘चालकसँग १ मिनेट’



गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले राजमार्ग,सडक तथा शहरी क्षेत्रहरुमा ‘चालकसँग १ मिनेट’ कार्यक्रम आजबाट सुरु  गरेको छ ।

कोरोना भाइरसको महामारीसँगै सुरु भएको लकडाउन (बन्दाबन्दी) आजभोली खुकुलो भएसँगै सम्भावित सवारी दुर्घटना नहोस्  तथा न्यूनीकरण गर्ने र कोरोना संक्रमणबाट बच्ने, बचाउने उद्देश्यले आइतबार बिहान ११ बजेबाट ‘चालकसँग १ मिनेट’ कार्य सुरु गरिएको हो ।

गण्डकी प्रदेशमा रहेका ११ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालय र ५३ वटा अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले एकसाथ सुरु गरेको यो कार्यक्रम पहिलो चरणमा एक महिनासम्म दिनहुँ संचालन हुने गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौडा कास्कीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक मनोज कुमार शाहीले स्पस्ट पारे ।

कार्तिक २३ गते आइतबार बिहान ११ बजे पोखरा महानगरपालिका वडा नं. १० औद्दोगिक क्षेत्र अगाडिबाट शुरु भएको सो कार्यक्रममा गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल समेतको सहभागिता रहेको थियो । 

प्रकाशित मिति : कार्तिक २३, २०७७ आईतबार  १२ : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।