Logo

घोडीघोडा र युनिक नेपाल लघुवित्त एकआपसमा गाभिने, आज देखि नै शेयर कारोबार बन्द 



कञ्चनपुरमा मुख्य कार्यालय रहेको घोडीघोडा लघुवित्त र कोहलपुर बाँकेमा मुख्य कार्यालय रहेको युनिक नेपाल लघुवित्तबीच एक आपसमा गाम्भे–गाभिने (मर्जर सम्झौता) भएका छन् । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने–गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम नेप्सेले कार्तिक २३ गते आइतबारदेखि घोडीघोडाको शेयर कारोबार रोक्का गरेको छ । 

घोडीघोडा लघुवित्तको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर कारोबार रोक्का भएको छ । 
दुई लघुवित्तबीच कार्तिक २१ गते शुक्रबार एक आपसमा गाभिने सम्बन्धि सहमति पत्रमा हस्ताक्षर भएको थियो। 

हाल घोडीघोडा लघुवित्तको चुक्ता पूँजी २ करोड ७६ लाख २५ हजार रुपैयाँ रहेको छ भने हालसम्म आईपिओ निष्काशन नगरेको युनिक नेपालको चुक्ता पूँजी ६ करोड ३० लाख रहेको छ ।

मर्जरपछि सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व पुर्याउन कम्पनीले प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्नेछ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आईतवार १३:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।